नेपाली बजारमा ओला स्कुटर भित्र्याउदै चौधरी समूह

१ बर्ष अगाडि

काठमाडौं - चौधरी समूहले भारतीय बजारमा लोकप्रिय रहेको ओला स्कुटर नेपाली बजारमा भित्र्याउने भएको छ ।

चिनिया ब्रान्ड नेटा भि इलेक्ट्रिक गाडी सार्वजनिक गरेको केही समय भित्रै विद्युतीय स्कुटर ब्रान्ड ओला सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले आगामी असोजमा आयोजना हुने नाडा इभि अटो एक्स्पोमा ल्याउने जनाएको छ ।

चौधरी ग्रुपको एस १ र एस १ प्रो स्कुटर अटो शोमा पहिलो पटक सार्वजनिक हुँदै छ । जसमा ओला स्कुटरले एक पटकको चार्जमा १५० किलोमिटर माथि माइलेज दिन्छ । ओला बाहेक भारतीय ब्रान्ड कोमाकी ईभी पनि नेपाली बजारमा केहि समय अघि भित्रिएको थियो ।

सिजीले भित्र्याउन लागेको ओला स्कुटरको टप स्पीड प्रतिघण्टा ८५ किलोमिटर रहेको कम्पनीले जनाएको छ । हालसम्म कम्पनीले २ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म पर्ने कम्पनीको दाबी छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया