बजाज इन्ट्रासिटी– यस पालीको चाड, उपहार संगै स्वरोजगार

१ बर्ष अगाडि

काठमाडौं- बजाज थ्री ह्वीलर्स, BAJAJ RE BS6 र BAJAJ Maxima C को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । 

यस अभियानको नाम “यस पालीको चाड, उपहार संगै स्वरोजगार“ राखिएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा Bajaj Maxima C वा Bajaj RE BS6 को खरिदमा ३२ इन्चको Himstar LED Smart TV वा Samsung F22 Smart फोन पाउनु अफ्फर ल्याएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक, अभिमन्यु गोल्छा भन्छन्, 'चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो अफरले मानिसहरूलाई आफ्नै देशमा Bajaj Maxima C वा Bajaj RE BS6 खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।'

यो “यसपालीको चाड, उपहार संगै स्वरोजगार” अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया