फुटसलको आयोजना गर्दै ताप्लेजुङ युवा समाज काठमाडौं, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङ युवा समाज काठमाडौँले अन्तर पालिका स्तरीय फुटसलको आयोजना गर्ने भएको छ । समाजले आगामी असोज ८ गते प्राइम फुटसल ज्ञानेश्वरमा फुटसल खेलको आयोजना गर्ने भएको हो । 

खेल बिहान ८ बजेदेखि सुरु हुने खेल संयोजक विकेश लङ्वाले जानकारी दिएका छन् । खेल फिफाको नियम अनुसार खेलाइनेछ ।  खेल २० मिनेटको खेलाइनेछ । खेलाडी संख्या अतिरिक्त सहित ८ जनाको हुनु पर्नेछ । ड्रेस र बुट अनिर्वाय हुनु लगाउनु पर्नेछ । टीम दर्ता असोज ७ गते शुक्रबार बिहान १२ बजे सम्म गर्न सकिने लङ्वाले बताए । 

यस्तै प्रवेश शुल्क ५ हजार तोकिएको पनि उनले बताए । खेलमा प्रथम हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण९पत्र पाउँने छन् । दोस्रो हुनेले नगद ३५ हजार सहित मेडल र प्रमाण९पत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, गोल रक्षक र सर्वाधिक गोल कर्तालाई उचित पुरस्कारको ब्यवस्था गरिएको लङ्वाले बताए । 
 
खेलमा आफ्नो गाउँपालिका बाहेक अरु पालिकाको खेलाडी खेलाएको थाहा भएमा टिम खारेज गरिने समाजले जनाएको छ ।  खेलाडीले अनिवार्य आफ्नो नागरिकता, जन्म दर्ता, भोट कार्ड र नेपाल सरकारबाट वितरित कुनै पनि कागज पत्र पेश गर्नु पर्ने छ । स्कुल र कलेजको कार्ड भने मान्य नहुने आयोजकले जानकारी गराएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया