बोल्ड डिजाइनमा महिन्द्राको विद्युतीय गाडी सार्वजनिक, मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं - महिन्द्राले बोल्ड डिजाइनमा आफ्नो विद्युतीय गाडी सार्वजनिक गरेको छ । बिहीबार महिन्द्राले पहिलो विद्युतीय एस्कयूभी ग्लोबल प्रिमियर गरेको हो । 

उत्कृष्ट लुक्स र माइलेजमा आक्रामक भएकै कारण विश्वव्यापी रुपमा महिन्द्राको विद्युतीय गाडी सफल हुने आँकलन गरिएको छ । नेपाली बजारमा महिन्द्रा गाडी अग्नि समुहले विक्री वितरण गर्दै आएको छ । 

गत केहि महिना अघि मात्रै नेपाली बजारमा नयाँ अवतारसँगै महिन्द्राले स्करपियो एन सार्वजनिक गरेको थियो । कम्पनीले सार्वजनिक गरे पनि भारतीय बजारमा भने बिक्री वितरण  २०२३मा  शुरु गर्ने जनाएको छ । 

नेपालमा पनि महिन्द्रा गाडीको राम्रो बजार भएको कारण भारतमा बिक्री शुरु भएको केहि समयमै नेपाल आउने छ । बोल्ड डिजाइनका कारण अहिले महिन्द्रा इलेक्ट्रिक लोकप्रिय बनेको छ । उच्च माइलेज, उत्कृष्ट प्रविधि र डिजाइनले यो गाडीलाई लोभ्याएको छ ।

महिन्द्रा विद्युतीय एक्सयूभी ४०० को लम्बाई ४२ सय एमएम,चौडाई १९ सय २१ एमएम र ह्वीलबेस २६ सय एमएम रहेको छ । कम्पनीका अनुसार यो गाडीले शुन्यदेखि १ सय किलोमिटरको गति ८।३ सेकेन्डमा भेट्ने  छ ।

महिन्द्रा एक्सयूभीमा ३९.४ किलोवाटको ब्याट्री दिइएको छ । यो ब्याट्रीले एक पटकको फल चार्जमा कारले ४ सय ५६ किलोमिटर रेन्ज दिने कम्पनीले बताएको छ ।

अधिकतम १५० हर्सपावर र ३१० एनएम टर्क प्रदान गर्ने एक्सयूभी ४०० को उच्च गति क्षमता १५० किलोमिटर प्रति घन्टा रहेको छ ।

तीन ड्राइभिङ मोड,रिजेनेरेटीभ ब्रेकिङ सिस्टम,आकर्षक डिजाइनको एलइडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर एलइडी हेडल्याम्प लगाएत बिशेषता यो गाडीमा रहेको छ ।

कम्पनीका अनुसार एक्सयूभी ४०० डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ५० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।  एक्सयूभी ४०० मा उत्कृष्ट ब्याट्री प्रयोग भएको दाबी कम्पनीको छ ।

कम्पनीले हालसम्म औपचारिक रुपमा मूल्य सार्वजनिक गरेको छैन । तर, अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतीय बजारमा महिन्द्रा एक्सयुभीको मूल्य १५ लाख पर्ने अनुमान गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया