प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने

१ बर्ष अगाडि

काठमाडौं - समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दी सूची असोज २ र ३ गते बुझाउनुपर्ने छ  । 

आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको गरेर दलहरुलाई बन्दी सूची बुझाउने समयबारे जानकारी दिएको हो । 

आयोगका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्द सूची आयोगमा पेश गर्नुपर्नेछ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ । यस्तै दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने हुन्छ ।
 
निर्वाचन तयारी अनुसार आयोगले देशभर नमुना मतदान कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।  

१ बर्ष अगाडि

प्रतिक्रिया