असोज ६ देखि  ‘नाडा इभि एक्स्पो २०२२’ को आयोजना हुने, आजदेखि टिकट खरिद गर्न सकिने

१ बर्ष अगाडि

काठमाडौं - नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसननले यहि असोज ६ गतेदेखि ९ गतेसम्म उक्त मेलाको आयोजना गर्ने भएको हो । 

एक्स्पो काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी मार्गमा हुनेछ । सिएटद्धारा प्रायोजित उक्त मेलामा नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी हुने छ । 

एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी हुनेछ भने युसेड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको संचालन गर्ने भएको छ । 

साथै एक्स्पोको शिर्ष प्रायोजनक सिएट टायर रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । त्यस्तै, डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ । 

आजदेखि असोज ५ गतेसम्मको लागि अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपद्धारा २५ प्रतिशत क्यासब्याकको समेत अफर रहेको छ । 

चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजक टिमको प्रक्षेपण रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया