नेपाली बजारमा हिरो मोटोकर्पको नयाँ सुपर स्प्लेन्डर सार्वजनिक, कति पर्छ मूल्य ?

१ बर्ष अगाडि

काठमाडौं - विश्वको सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । 

प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर ९ट्रिपल० प्रतिज्ञाका साथ ल्याइएको छ । 

यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरुले पावर–प्याक गरिएको छ ।

यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरुमा रु। २ लाख ६६ हजारको आकर्षक मूल्यमा उपलब्ध हुनेछ । नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ । 

आफ्ना ग्राहकलाई अग्रणी कार्यसम्पादन प्रदर्शन ९पर्फमेन्स०, सुविधा र शैली प्रदान गर्दै आएको छ । हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजीएम) लाईआफ्नो आधिकारिक वितरक नियुक्त गरी नेपालमा प्रवेश गरेको थियो । 

यसले नेपालमा ८२ डिलरसिप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेटसहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

हिरोका उत्पादनहरुमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रिम १६०आर, एक्सट्रिम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया