ईभी नेपाल मोटर्सले ल्यायो ५ लाखसम्म छुट पाइने ‘लेभ्लिंग सफर दसैँतिहारमा डबल अफर’

१ बर्ष अगाडि

काठमाडौं - बज्र ग्रुपअन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दसैँ अफर ल्याएको छ । कम्पनीले ‘लेभलिंगको सफर दसैँतिहारमा डबल’ अफर सञ्चालनमा ल्याएको हो । 

यस अफरमा घरमै बसेर एसएमएस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाखसम्म छुट पाउन सकिनेछ भने शोरुम गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिनेछ। यसमा २ चोटी एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ । 

जसमा रु. ७ हजारदेखि रु. ५ लाखसम्म छुट रकम म्यासेजमा आउनेछ र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ । यसका साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिनेछ  कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज गर्न सकिने पनि कम्पनीले जनाएको छ । 

यो स्कुटर जर्मन कम्पनीको बोसको मोटर्स प्रयोग गरिएको स्कुटर हो । फुल चार्जमा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ । यस स्कुटरको ब्रान्ड एम्बेसेडरमा मिस इन्टरनेसनल २०१७ का विजयी नीति साह छिन् । 

लेभ्लिंग इलेक्ट्रिक स्कुटर चढेपछि खर्चको बचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने, वाताबरण स्वस्छ हुने हुनाले कम्पनीले यो दशै स्किम लागि गरेको हो । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया