बजाज १६० एनको असोज पहिलो सातादेखि बिक्री सुरु, बजार मूल्य साढे ३ लाख

१ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा दशैंलाई लाक्षित गर्दै बजाज १६० एन असोज पहिलो सातादेखि बिक्री सुरु हुने भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक गोल्छा समुहले आगामी हप्ता यो मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

२५० सेग्मेन्टसँगै १६० एन ड्युअल च्यानल एबीएस सहित नयाँ डिजाइन र लुक्समा पल्सर एन १६० केहि समय अघि भारतीय बजारमा सार्वजनिक भएको थियो ।

एन १६० अपग्रेड भएर नयाँ लुक्स र डिजाइनका साथ सार्वजनिक भएको छ । बजाजले एन २५० मा आधारित १६० सीसीको पल्सर एन १६० नेकेड स्पोटर्स बाइक हो ।

पल्सर एन १६० बाइकले टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा लन्च गरिएको छ । नयाँ पल्सर एन १६० को डिजाइन पल्सर एन २५० सँग मिल्दोजुल्दो छ ।

नयाँ पल्सर यूएसबी चार्जिङ पोर्ट, १४ लिटर फ्युल ट्याङकी, अलोय ह्विल, टेललाइट, स्प्लिट सिट र डिजी एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर सहित बजारमा आएको छ ।

नयाँ च्यासिस र सेग्मेन्ट फर्स्ट ड्युअल च्वयानल एबीएस यो मोटरसाइकलको मुख्य बिशेषता हो ।

नयाँ बजाज पल्सर एन १६० मा १६०.३ सीसी, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १६ बीएचपीको अधिकतम पावर र १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ ।

५ स्पड गियरबक्स जडान दिइएको ३०० एमएम फ्रन्ट डिस्क र सिंगल च्यानल भेरिएन्टमा २८० एमएम फ्रन्ट डिस्क यो मोटरसाइलमा उपलब्ध गराएको छ ।

भारतीय बजारमा ड्युअल च्यानल एबीएसको पल्सर एनका मूल्य १ लाख २८ हजार भारु तोकिएको छ भने सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख २३ हजार भारुमा तोकिएको छ ।

नेपाली बजारमा यो मोटरसाइल आउदा ३ लाख ५० हजार माथि नै हुने अनुमान गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया