ग्रेट वाल मोटरको हाभल जोलायनलार्ई प्रतिष्ठित ANCAP सेफ्टी रेटिङमा फाइभ–स्टार प्राप्त

१ बर्ष अगाडि

जि.डब्लु.एम हाभल जोलायन लाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (ANCAP) द्वारा अधिकतम फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ ।

यस परीक्षणमा जि.डब्लु.एम हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । यसका साथ साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो । 
 
“ANCAP सेफ्टी रेटिङ ANCAP को २०२०–२०२२प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिईएको हो । हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको छ” “ANCAP का प्रमुख कार्यकारी अधिकृत, कार्ला हुरवेगले भने । थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्यानन (केही अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पावर वा पी – सिरिज पनि भनिन्छ) ले पहिले नै ANCAP बाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेका छन् । 

जि.डब्लु.एम गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरहरुका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको राजाईमा पर्ने विश्वास लिईएको छ ।

जि.डब्लु.एमको बारेमा
भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ । ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया