बेलायतले कम्तीमा दुई वर्ष अनुभवी नेपाली दक्ष नर्सलाई मात्र लैजाने

१ बर्ष अगाडि

काठमाडौं - बेलायतले कम्तीमा दुई वर्ष अनुभवी नेपाली दक्ष नर्सलाई मात्र नेपालबाट लैजाने बताएको छ । 

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले दक्ष नर्सहरुलाई उचित सेवा सुविधासहित लैजाने बताइन् । 

करिब दुई महिनाअघि नेपाल र बेलायतबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी दिने सम्झौता भएको थियोे । 

राजदूत पोटिलले दक्ष स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा काम गरुन् भन्ने बेलायत सरकारको उद्देश्य रहेको भन्दै कम्तीमा दुई वर्षको अनुभवी हुनुपर्ने मापदण्ड बनाइएको बताइन ।

१ बर्ष अगाडि

प्रतिक्रिया