एक महिनामा वैदेशिक रोजगारीका लागि ३३ हजार बढि नेपाली युवायुवती मलेसिया गए

१ बर्ष अगाडि

काठमाडौं - भदौ महिनामा वैदेशिक रोजगारीका लागि संस्थागतरूपमा ३३ हजार ३ जना नेपाली युवायुवती मलेसिया गएका छन् । 

संस्थागतरूपमा ५० हजार ५० युवायुवती पहिलोपटक वैदेशिक रोजगारीमा गएकोमा मलेसिया जानेको संख्या आधाभन्दा बढी छ । भदौमा १ हजार ८३ महिला मलेसिया गएका छन् ।

भदौमा संस्थागत वैधानिकीकरण, व्यक्तिगत नयाँ र पुनः श्रम स्वीकृतिमार्फत ७६ हजार ४ सय ३ जना युवायुवती वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । यो संख्या कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी महामारी शुरु भएयताकै धेरै हो । 

वैदेशिक रोजगार विभागद्वारा सार्वजनिक मासिक प्रगति विवरणअनुसार भदौमा मलेसिया त्यसपछि क्रमशः म्यानपावर कम्पनीमार्फत कतारमा ४ हजार ३ सय ४ जना, कुवेतमा ३ हजार ८ सय ४९ जना, यूएईमा ३ हजार ४ सय ४३ जना, साउदी अरबमा ३ हजार २ सय ६ जना, बहराइनमा ४ सय ३५ जना र क्रोएसियामा १ सय ८२ जना गएका छन् । 

म्यानपावर कम्पनीहरूले विभिन्न १८ देशका लागि श्रम स्वीकृति लिएका छन् । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया