‘इसेवा’ को  ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना : अनुपमले जिते एक लाख

१ बर्ष अगाडि

काठमाडौं - नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रुपैयाँ जित्न सफल भएका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवामार्फत भुक्तानी गरेका थिए । 

इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।  

यस योजनामा बम्पर उपहार विजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत रु. २० हजार नगद जित्न सफल भएका छन् । यसका साथै पोखरेलको बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद रु. २० हजार प्राप्त गरेको छ । 

विजेताहरुलाई शुक्रबार एक कार्यक्रमका बीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका छन् । 

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद रु. १–१ हजार रुपैयाँ जित्न सफल भएका छन् । इसेवाले हरेक हप्ता गोलाप्रथामार्फत साप्ताहिक विजेता चयन गरेको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया