रियलमीले ल्यायो  ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना, के छ विषेशता ?

१ बर्ष अगाडि

काठमाडौं - सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दीपावली तथा छठको पावन अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । 

भोलि असोज १० गतेबाट realmecampaigns.com  मा सुरु हुने यो अफरमा उपभोक्ताले स्मार्टफोन, टीभी, वासिङ मसिनलगायत अन्य थुप्रै आकर्षक उपहार जित्न सक्नेछन् ।

सन् २०२२ को दोस्रो चौमासिकको सर्वेक्षणअनुसार नेपालकै सर्वोत्कृष्टमध्ये तेस्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरुमार्फत उपभोक्तालाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ ।

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सधैँ नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथका लागि हाम्रा उपभोक्तालाई हृदयदेखि नै धन्यवाद दिँदै उहाँँहरुका लागि पनि हामीले हाम्रा तर्फबाट केही विषेष उपहारहरु दिन गइरहेका छौँ। हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले उहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।’

यस योजनाअन्तर्गत असोज १० गतेदेखि कात्तिक १४ गतेसम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ता छानिनेछन् । यस योजनामा सहभागी हुनका लागि realmecampaigns.com मा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आईएमईआई नम्बर र मोडल नम्बरजस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ । 

यसरी छानिएका विजेतामध्ये हरेक हप्ता २ जनाले रियलमी सी ३० स्मार्टफोन जित्न सक्नेछन् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिङ मसिन र ६५ इन्चको ४के टीभी जित्न सक्नेछन् ।

यो अफर असोज १० गतेदेखि कात्तिक १४ गतेसम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरिज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जीटी सिरिजलगायत सबै रियलमी स्मार्टफोनमा लागू हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया