पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

१ बर्ष अगाडि

एजेन्सी-  पछिल्लो समय बेलायतको मुद्रा पाउन्ड स्टेर्लिङ अमेरिकी डलरको तुलनामा कमजोर बन्द गएको छ।  पाउन्ड स्टेर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा ४ प्रतिशतले कमजोर बनेको छ। पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर बनेको छ।

गत साता बेलायती प्रधानमन्त्री लिज ट्रसले ५० वर्षपछि कर प्रणालीमा हेरफेर गरेकी थिइन्। योसँगै बेलायतको मुद्रा बजार झनै कमजोर बन्दै गएको छ। 

रुस र युक्रेनको युद्धले इन्धनको मूल्यमा आएको बढोत्तरीसँगै धर्मराएको बेलायतको अर्थतन्त्र प्रधानमन्त्री ट्रसले ल्याएको नयाँ कर प्रणालीले झनै कमजोर बनेको छ। 

विपक्षी पार्टीका केन क्लर्कले आइतबार अहिलेको सरकारको कर प्रणालीले पाउन्ड स्टेर्लिङ झनै कमजोर हुने भन्दै कडा आलोचना गरे। उनले बेलायत सरकारको कर प्रणलीमा हेरफेर गर्ने निर्णयले धनीहरुलाई मात्रै फाइदा भएको आरोप पनि लगाए। 

१ बर्ष अगाडि

प्रतिक्रिया