कच्चा तेलको मूल्यमा लगातार गिरावट, जनवरीयताकै न्यून स्तरमा

मंगलबार, ११ असोज २०७९, १४ : १३

एजेन्सी-अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको छ। 

कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल २ डलरले घटेर जनवरीयताकै न्यून स्तरमा पुगेको छ। विश्व बजारमा सोमबार ब्रेन्ट क्रुड २.०९ डलरले घटेर ८४.०६ डलर प्रतिब्यारेलमा कारोबार बन्द भएको छ। यो जनवरी १४ यताकै न्यून स्तर हो। 

त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि २.०६ डलरले घटेको छ। यो प्रतिब्यारेल ७६.७१ डलरमा कारोबार बन्द भएको छ। यो जनवरी ६ यताकै न्यून स्तर हो। 

यसअघि गत शुक्रबार तेल मूल्य ५ प्रतिशतले घटेको थियो। 
 

मंगलबार, ११ असोज २०७९, १४ : १३

प्रतिक्रिया