मलेसियाले तत्काल श्रीलंकाबाट दश हजार कामदार लैजाने

१ बर्ष अगाडि

काठमाडौं - मलेसियाले तत्काल श्रीलंकाबाट दश हजार कामदार लैजाने भएको छ । 

मलेसियाले श्रीलंकाको खस्किएको आर्थिक अवस्थामा सुधारका लागि सहयोग पुर्‍याउन उक्त मुलुकबाट दश हजार कामदार लैजाने निर्णय गरेकोे बताएको छ । 

मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले श्रीलंका सरकारको औपचारिक आग्रह अनुसार उक्त निर्णय गरिएको बताएका छन् । 

उनले उद्योग प्रतिष्ठान तथा रोजगारदाताहरूले मलेसिया सरकारको निर्णयलाई सम्मान गर्दै आफ्नोतर्फबाट हुने विदेशी कामदार आपूर्तिमा श्रीलंकाका कामदारलाई मौका दिन आग्रहसमेत गरेका छन् ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया