जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

१ बर्ष अगाडि

काठमाडौं - नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ । 

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली, र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल टे«डिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो । 

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । 

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया