मलेसियामा नेपाली श्रमिकहरुका लागि श्रमिक सहायता केन्द्र स्थापना हुने

१ बर्ष अगाडि

काठमाडौं - मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । 

गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा सञ्चालन हुने गरी श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए । 

विभिन्न कारणले समस्यामा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानूनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको भनाइ छ । 

मलेसिया नेपाली कामदारको पनि प्रमुख र आकर्षक श्रम गन्तव्यका रूपमा रहेकोे छ । साढे दुई लाखभन्दा धेरै नेपाली कामदार कार्यरत रहेको मलेसियामा हाल दैनिक २ हजारको संख्यामा जान थालेका छन् । नेपाल आउने रेमिट्यान्समध्ये मलेसियाबाट आउने हिस्सा एक तिहाइभन्दा बढी छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया