वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडितहरुलाई तीन महिनाको अवधिमा क्षतिपूर्ति बापत ४८ करोड बढी उपलब्ध

१ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडितहरुलाई तीन महिनाको अवधिमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको बताएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मंगलबार आफ्नो तीन महिने अवधिमा गरेका कामको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

मन्त्री कुँवरले चालु आर्थिक वर्षमा वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा पीडितहरूलाई ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको बताए । 

वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी जिल्ला प्रशासन कार्यालयले हेर्ने र उजुरीमा कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था करिब तीन वर्षदेखि कार्यान्वयनमा छ । 

मन्त्री कुँवरले उक्त व्यवस्था पीडितहरूलाई न्याय दिन प्रभावकारी रहेको भन्दै आगामी  दिनमा त्यसलाई संघीयताको मर्मअनुसार थप प्रभावकारी बनाउने बताए । 

प्रत्येक वर्ष नेपाली श्रम बजारमा प्रवेश गर्ने युवायुवतीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सीप तथा तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन भइरहेको पनि मन्त्री कुँवरले बताए ।  

१ बर्ष अगाडि

प्रतिक्रिया