फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने

१ बर्ष अगाडि

काठमाडौं - नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ । 

फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो । यस योजनाअन्तर्गत फोनपेमार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ गर्न सक्नेछन् । 

यसका साथै ३५ दिनमा २० हजारजनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भाउचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत सार्बजनिक गरिनेछ । 

यसैगरी आममानिसलाई सपिङ गर्न सहज होस् भन्ने उद्देश्यले फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेलाई निःशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ । यो योजना कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ । 

यस्तै फोनपेले दसैँका अवसरमै  ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजनासमेत सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत हरेक दिन फोनपेमार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एकजना ग्राहकले दैनिक नगद रु। १ लाख जित्न सकिनेछ । यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागू हुनेछ । 

यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागू हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेन्ज एसेप्ट गर्नुपर्नेछ । 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्टमार्फत मोबाइल नम्बर राखी कुनै पनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । १ करोड  ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया