खाद्य ब्यबस्थाले माग्यो १०६ नयाँ कर्मचारी, योग्यता कति ?

१ बर्ष अगाडि

काठमाडौं - खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले १०६ जना नयाँ कर्मचारीको माग गरेको छ । कम्पनीले स्थायी पदपूर्ति गर्ने गरि विभिन्न १० वटा पदमा १०६ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले १०औं तहको विभागीय प्रबन्धकमा २ जना, ९औं तहको सह विभागीय प्रबन्धकमा ६ जना, ७औं तहको बरिष्ठ अधिकृत (सामान्य प्रशासन) मा ५ जना, ७औं तहको बरिष्ठ अधिकृत ९कानुन०मा १ जना, छैठौ तहको अधिकृतमा १० जना, पाचौं तहको बरिष्ठ सहायकमा १८ जना, ५ औं तहको प्राविधिकतर्फ ३ जना र चौंथो तहको सहायकमा ६१ जना गरि कुल १०६ जना कर्मचारीको माग गरेको हो ।

चौथो तहको सहायकमा आवेदन एसईईमा कम्तिमा २ जिपिए ल्याएकाले आवेदन दिन सक्ने छन् । ईच्छुकले कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर कार्तिक १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया