विद्युतीय सवारीसाधनको क्षेत्रमा हिरो मोटोकर्पको दमदार इन्ट्री

आइतबार, २३ असोज २०७९, १४ : २३

काठमाडौं । हिरो मोटोकर्पले पनि विद्युतीय सवारीसाधनको क्षेत्रमा दमदार इन्ट्री गरेको छ । कम्पनीले शुक्रबार आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘भिडा भी वान’ सार्वजनिक गरेको हो ।

हिरो मोटोकर्पले आफ्नो ई–स्कुटर भिडा भी वान दुई भेरियन्टमा लन्च गरेको छ । जसमा पहिलो भिडा भी वान प्रो र दोस्रो भिडा भी वान प्लस छन् । हिरो मोटरकर्पका एमडी र सीईओ पवन मुंजालले भने, ‘यो एउटा वाचा र प्रतिबद्धता हो, जुन हामीले यो वर्षको मार्च महिनामा सम्पूर्ण विश्वसामु गरेका थियौँ ।’

हिरो भिडा भी वानमा स्व्याप गर्न सकिने ब्याट्री प्रविधि दिइएको छ । हिरो मोटोकर्पले यसलाई बनाउन गोगोरो र एथर इनर्जीसँग साझेदारी गरेको छ । यसका साथै कम्पनीले ग्राहकलाई बलियो ई–स्कुटर दिने वाचा गरेको छ ।

हिरो भिडा भी वान प्लसको मूल्य भारु १ लाख ४५ हजार ९एक्स–शोरुम० र भिडा भी वान प्रोको मूल्य भारु १ लाख ५९ हजार ९एक्स–शोरुम० तोकिएको छ । हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरमा उत्कृष्ट रेन्ज प्रदान गर्दैछ । 

भिडा भी वान प्रो टप स्पेक भेरियन्ट हो र सिंगल चार्जमा १६५ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ । यसले मात्र ३.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघन्टाको गति समात्न सक्षम छ । 

हिरो इलेक्ट्रिक स्कुटरको दुवै भेरियन्टको टप स्पिड ८० किमी प्रतिघन्टा रहेको बताइएको छ । भिडा भी वान इको, राइड र स्पोर्टजस्ता सवारी मोडहरुसँग आउँछ । यसका साथै यसमा नेभिगेसन, चार्जिङ स्लट बुकिङ र स्मार्टफोन कनेक्टिभिटीको सुविधा पनि दिइएको छ । 

यसमा दुई–तर्फी थ्रोटल सक्षम रिभर्स मोड पनि छ । 

आइतबार, २३ असोज २०७९, १४ : २३

प्रतिक्रिया