पानीजहाज कार्यालयको उद्घाटन गरियो

विहीबार, ०२ फागुन २०७५, ११ : १०

ललितपुर– सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । 
ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।  एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । 

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

विहीबार, ०२ फागुन २०७५, ११ : १०

प्रतिक्रिया