काठमाडौं- अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनी ३४ करोड १३ लाख रुपैयाँ घाटामा थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । कम्पनीको यस्तो आम्दानी १० करोड ७२ लाखबाट ४६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वित्तीय खर्च २१ करोड ९८ लाखबाट घटेर १५ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
यस कम्पनीको अदर इक्विटी १४ करोड ७६ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रति सेयर आम्दानी १.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९६.२१ रुपैयाँ छ ।
प्रतिक्रिया