‘टीभीएस ग्रेड ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ आजबाट सुरु, १० लाखसम्म छुटको व्यवस्था

सोमबार, ३१ असोज २०७९, ०७ : ४७

काठमाडौं - नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेड ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आजबाट सुरु हुने भएको छ । 

यो मेला कात्तिक ५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा चल्नेछ । यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउनेछन् । 

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा रु। ७ हजार बढीको मूल्य पाउनेछन् । यसका साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था छ । 

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत न्यूनतम २५५ डाउनपेमेन्ट र रु। ४ हजार २७७ को मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।   

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

 गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ ।  

सोमबार, ३१ असोज २०७९, ०७ : ४७

प्रतिक्रिया