मारुती सुजुकीद्धारा एस–प्रेसोको नयाँ सीएनजी मोडल सार्वजनिक

बुधबार, ०२ कार्तिक २०७९, ०९ : २२

एजेन्सी - मारुती सुजुकीले एस–प्रेसोको नयाँ सीएनजी मोडल लन्च गरेको छ । भारतमा लन्च गरिएको एस–सीएनजी मोडल एलएक्सआई र भीएक्सआई गरी दुई भेरिएन्टमा उपलब्ध छ । 

भारतमा कारको सुरुआती मूल्य भारु ५.९० लाख तोकिएको छ । भीएक्सआई भेरिउन्टको मूल्य भारु ६.१० लाख रहेको छ । के–सिरिज १.० लिटरले पावर्ड यो कारले अधिकतम ५६बीएचपीसम्मको पावर जेनरेट गर्न सक्छ । 

एस–प्रेसोको पेट्रोल भेरियन्ट भारु ४.९५ लाखमा लन्च गरिएको थियो। जुन सीएनजी भेरिएन्टभन्दा भारु ९५ हजारले सस्तो हो । मारुती सुजुकीले कारको पेट्रोल भेरिएन्टका २.२६ लाख युनिट बिक्री भइसकेको जनाएको छ । 

एस–प्रेसोको सीएनजी मोडलले रेनोल्ट क्विड, मारुती सुजुकी अल्टो के१० जस्ता कारसँग प्रतिस्पर्धा गर्ने विश्वास गरिएको छ। तर, यीमध्ये कुनै पनि कारको सीएनजी मोडल भने सार्वजनिक भएको छैन ।

कारले ३२।७३ केएमपीएल माइलेज दिनेछ । यसमा १.० लिटर डुअल जेट र डुअल भीभीटी पेट्रोल इन्जिन हुनेछ । गाडीको इन्जिनले ८२.१ एनएमसम्मको पिक टर्क जेनरेट गर्न सक्नेछ । 

मारुती सुजुकीले ग्राहकको सवारीको गुणस्तर र सुविधा बढाउनका लागि एस–प्रेसोको सीएनजी मोडल सार्वजनिक गरेको छ ।

एस–प्रेसोको सीएनजी मोडलको उच्च गति १४८केएमपीएल रहेको छ । कारले ३२.७३ केएमपीएल माइलेज दिनेछ। यसको पेट्रोल भर्सनमा ग्राहकले २१.७ किलोमिटर प्रतिलिटर माइलेज पाउथे । यो गाडीमा ५ स्पिड गियर सिस्टमसहितको ५५ लिटर क्षमताको इन्धन ट्यांकी छ ।

बुधबार, ०२ कार्तिक २०७९, ०९ : २२

प्रतिक्रिया