काठमाडौं - टीभीएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ ।
काठमाण्डौको भृकुटीमण्डपमा कात्तिक २ गते एक कार्यक्रममा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो । लन्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ बाट सुरु भएको यो मेला कात्तिक ५ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ ।
एक्सचेन्ज मेलामा ग्राहकले कुनै पनि ब्रान्डका पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउनेछन् । मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा रु। ७ हजार बढीको मूल्य पाउनेछन् । यसका साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुटको पनि व्यवस्था छ ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र रु. ४ हजार २७७ को मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फममार्फत सञ्चालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।
युवावर्गका लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडीलगायत अन्य थुप्रै कनेक्टिभिटी फङ्सनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङहरु कन्ट्रोल गर्न सक्छन् ।
त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइएको छ । यसैगरी यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ । जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ ।
यसका साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपी टर्क प्रदान गर्दछ । जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा सञ्चालित छ ।
जगदम्बा मोटर्सको १४० भन्दा बढी थ्रीएस डिलर र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रका साथ काठमाण्डौंमा ६ विशेष शोरुमसहितको विस्तृत डिलर नेटवर्क रहेको छ ।
प्रतिक्रिया