एजेन्सी - मारुती सुजुकी इन्डियाले बजारबाट आफ्ना तीन मोडलका कारहरु फिर्ता मगाएको छ । कम्पनीले वागन आर, सेलेरियो र इग्निसका ९ हजार ९२५ युनिट कार फिर्ता मगाएको हो ।
पछाडिको ब्रेक एसेम्बली पिनमा देखिएको खराबी कारण कम्पनीले ती मोडलका कारहरु फिर्ता मगाएको छ । यी कारहरु गत अगस्ट ३ देखि सेप्टेम्बर १ का बीचमा निर्माण गरिएका थिए ।
पार्टपुर्जाहरु फेर्नका लागि प्रबन्ध मिलाइएको र आधिकारिक वर्कसपमा सम्पर्क गर्न पनि कम्पनीले ग्राहकलाई आग्रह गरेको छ । गत वर्ष पनि कम्पनीले बजारबाट १ लाख ८१ हजार ७५४ युनिट कार फिर्ता मगाएको थियो ।
त्यतिबेला कारको सेफ्टी फिचरमा केही कमजोरी देखिएको थियो ।
प्रतिक्रिया