घुस लिएर मैले जिन्दगीकै गलत काम गरेँ : आयुक्त पाठक

शनिबार, ०४ फागुन २०७५, ०७ : ३२

 काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले घुस लिएको स्वीकार गरेका छन्। नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका छन्।

राजीनामापछि पैसा लिएर विवाद नमिलाइदिएको भन्दै कलेजको तर्फबाट उनीसँग भेटघाट हुँदा गोप्य रुपमा रेकर्ड गरिएको भिडियो विभिन्न मिडियाले सार्वजनिक गरेका छन्। सार्वजनिक भिडियोमा पाठकले घुस लिनु जीवनकै ठूलो गल्ती भएको भन्ने अभिव्यक्ति दिएका छन्। साथै उनले इन्जिनियरिङ कलेजका व्यक्तिसँग सबै काम आफू प्रमुख आयुक्त भएपछि हुने पनि उल्लेख गरेका छन्। पाठकले याे प्रकरणमा गाेपनियता राख्न नसकेकाे भन्दै पश्चताप पनि गरेका छन्।

सत्तारुढ नेकपाले महाअभियोगको तयारी गरेपछि पाठकले शुक्रवार राजीनामा दिएक थिए। उनको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिसकेकी छिन्। नागरिक दैनिकमा खबर छ ।

शनिबार, ०४ फागुन २०७५, ०७ : ३२

प्रतिक्रिया