भाषा अनुवादकको अभाव भन्दै रोकीयो श्रम स्वीकृति

१ बर्ष अगाडि

काठमाडौं - अरेबियन भाषा अनुवादकको अभाव भन्दै श्रम तथा रोजगार कार्यालय धनगढी, कैलालीले पुनः श्रम स्वीकृति रोकेको छ । उक्त कार्यालयका निमित्त प्रमुख जनकसिंह उखेडाले एक सूचना जारी गर्दै पुनः श्रम स्वीकृति रोकिएको जानकारी दिएका हुन् ।

उनले अरेबियन भाषा अनुवादकको व्यवस्था नभएसम्म श्रम स्वीकृतिको कार्य नहुने बताएका छन् । सरकारले रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुकमा हुने उडानलाई सहजता प्रदान गर्न उक्त कार्यालयलाई कोटा तोकेर पूर्व तथा अन्तिम श्रम स्वीकृतिको समेत अख्तियारी दिएको थियोे ।

 तर श्रम स्वीकृतिको कार्यमा सहयोगी भूमिकामा रहने भाषा अनुवादक नै नभएपछि उक्त कार्य समेत प्रभावित बन्ने बताइएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया