टीभीएसको नेपालगन्जमा एनओजी राइड

१ बर्ष अगाडि

काठमाडौं - टीभीएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । 

राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट सुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो। राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । 

यसका साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

यसका साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया