टाटाको ईभी किन्न ग्राहकलाई नबिल बैंकबाट ८० प्रतिशतसम्म ऋण सुविधा

१ बर्ष अगाडि

काठमाडौं, टाटा मोटर्सको विद्युतीय सवारी साधन किन्ने ग्राहकहरुले ८० प्रतिशतसम्म ऋण सुविधा पाउने भएका छन्।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ र ऋण सुविधा उपलब्ध गराउने  नबिल बैंकले यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभी कार नेपाली बजारमा बिक्री गरिरहेको छ। 

सम्झौता अनुसार टाटाका विद्युतीय गाडी किन्दा नबिल बैंकका जुनसुकै शाखाबाट वार्षिक १२.९९ प्रतिशत ब्याजदरमा सात वर्षसम्मको ऋण उपलब्ध हुने छ। ऋण आवेदन दिएको २४ घण्टाभित्रै यस्तो ऋण उपलब्ध गराइने सिप्रदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उक्त सुविधाले टाटाका विद्युतीय सवारी किन्न खोज्ने ग्राहकलाई सुविधा र प्रोत्साहन दिएको कम्पनीको दाबी छ। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया