कस्तो छ आर्यन र उपासनाको फिल्म 'डिसेम्बर फल्स' को टिजर (भिडिओ)

१ बर्ष अगाडि

काठमाडौं- अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म 'डिसेम्बर फल्स' को टिजर सार्वजनिक भएको छ। 

बिहीबार सार्वजनिक गरिएको टिजरमा उपासनालाई नर्सको भूमिकामा देख्न सकिन्छ। 

रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको फिल्ममा आर्यन र उपासनासँगै सलोन बस्नेत, शिवहरि पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमिन गुरुङ, जयन कुँवर, सुमन थापालगायत कलाकारको अभिनय छ। फिल्मको कथा बिपिका खनालले तयार पारेकी हुन्।

रामप्रसाद रिजाल प्रस्तुतकर्ता तथा निर्माता रहेको फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन्।

महेश आर गुप्ताले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्। यो फिल्म पुस १५ गतेदेखि प्रदर्शन हुनेछ।

१ बर्ष अगाडि

प्रतिक्रिया