राष्ट्र बैंकद्धारा मेगा बैंकको लाभांशमा संशोधन,अब सेयरधनीले कति प्रतिशत पाउने ?

मंगलबार, १३ मंसिर २०७९, १६ : ३७

काठमाडौं- मेगा बैंक नेपालको प्रस्तावित लाभांशमा संशोधन भएको छ। नेपाल राष्ट्र बैंकले मेगा बैंकको आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको हो। 

मेगा बैंक सञ्चालक समितिको गत कात्तिक २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८.१३ रुपैयाँबराबरको बोनस सेयर र ३.८३ प्रतिशतले हुन आउने ६१ करोड ७४ लाख १३ हजार ६७३.६६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। 

राष्ट्र बैंकले भने बोनस सेयरमा हेरफेर नगरे पनि नगद लाभांशमा संशोधन गरी लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले मेगा बैंकको प्रस्ताव ३.८३ प्रतिशत नगद लाभांशलाई घटाएर ३.७९ प्रतिशत कायम गरेको छ। 

अब मेगा बैंकले ३.७९ प्रतिशतले हुन आउने ६१ करोड २ लाख ४३ हजार २८०.६६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ। 

राष्ट्र बैंकले संशोधन गरी पठाएको लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 

मंगलबार, १३ मंसिर २०७९, १६ : ३७

प्रतिक्रिया