नेपाल र नामिबिया भिड्दै

१ बर्ष अगाडि

काठमाडौं / आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ । वाईन्डरस क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ । शृंखलामा नेपाल सहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन् ।

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा छ । नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ ।  रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया