भिभोद्वारा पाचौंँ वार्षिकोत्सवरमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल सुरु

१ बर्ष अगाडि

एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभाले आज नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ। 

विगत ५ वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरुमध्ये एक बन्न सफल भएको हो। पाचौँ वार्षिकोत्सवको उपलक्ष्यमा भिभोले आफ्ना उपभोक्तालाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट सुरु गरेको छ।

भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरुले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टीभी, हरेक हप्ता एकजनाले भिभो वाई१५सी, हरेक हप्ता दुईजनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र रु. ३० हजारभन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टीसहित आकर्षक पुरस्कारहरु जित्ने मौका पाउनेछन्। यसका लागि लक्की ड्रमा सहभागी हुन ग्राहकले www.vivodashain.com वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउँन सक्नेछन्। 

पुरस्कार जित्नका साथै ग्राहकले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरु अझ सुपथ मूल्यमा किन्न सक्छन्। जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा रु.१००० ले घटाइएको छ। त्यस्तै वाई१५एस र वाई१५सी को मूल्य रु. १५०० ले घटाइएको छ। यससंगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः रु २१,९९९, रु १८४९९ र रु.१६,४९९ रहेको छ। 

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकले भने, ‘नेपालमा हाम्रो पाँचौँ वार्षिकोत्सव मनाउन पाउँदा हामीलाई धेरै खुशी लागेको छ। यो एक अद्भुत अनुभव हो र हामी हाम्रा प्रिय उपभोक्ताहरुको माया र समर्थनको लागि सदैव आभारी छौँ र उनीहरुका लागि सेल्स कार्निभलमार्फत आकर्षक अफर र उपहारहरु प्रदान गर्न चाहन्छौँ। हामीले भिभोको यात्रामा हाम्रा ग्राहकवर्ग, साझेदारहरु, वितरकहरु र खुद्रा बिक्रेताहरुबाट धेरै माया र समर्थन पाएका छौँ। र, हामी नेपालमा अझ उत्कृष्ट सेवाहरु प्रदान गर्न जारी राख्नेछौँ।’

भिभो ‘मोर लोकल, मोर ग्लोबल’ अवधारणाबाट निर्देशित ब्रान्ड हो। जसले स्थानीय प्रतिभा, संस्कृति र उपभोक्ताका विकासशील प्राथमिकताहरुलाई सम्मान गर्छ। ब्रान्डले हालै स्टाइलिस र परिष्कृत भी२५ सिरिज, लोकप्रिय वाई१६ र वाई२२एस, साथै वाई३५ सहित धेरै उल्लेखनीय र शक्तिशाली उपकरणहरु लन्च गरेको छ, जसले यस क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको छ। यसका अतिरिक्त, भिभोले प्रयोगकर्ताहरुलाई सम्भव भएसम्मको उत्कृष्ट अनुभव सुनिश्चित गर्न विभिन्न पहल र सेवाहरु पनि प्रदान गर्दछ। 

यसका साथै भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ सञ्चालन गर्दछ। जहाँ ग्राहकलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्मजस्ता सेवाहरु निःशुल्क उपलब्ध हुन्छ। 

यो योजना मंसिर १५ गतेदखि पुष १६ गतेसम्म लागू हुनेछ। जहाँ उपभोक्ताहरुले सहभागी भएर आकर्षक अफरहरुको लाभ लिन सक्नेछन्। यस अभियानका बारेमा थप जान्नका लागि भिभोको सामाजिक सञ्जालका पृष्ठहरु र वेबसाइटहरुमा हेर्न सकिन्छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया