धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्जर हुने

आइतबार, १८ मंसिर २०७९, १२ : २१

काठमाडौं- धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था आपसमा मर्जर हुने भएका छन्। 

यी दुवै लघुवित्तबीच आज बिहान मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त केही महिनाअघि सर्वसाधारणलाई आईपीओ बिक्री गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई कारोबार थालेका छन्।

यसैबीच मर्जर प्रयोजनका लागि यी दुवै लघुवित्तले नेप्सेमा पत्र  पठाउँदै आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का गरिदिन आग्रह गरेका छन्। अब नेप्सेको निर्णयबाट यी दुवै लघुवित्तको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का गरिनेछ भने अन्य शेयरधनीहरुको शेयर कारोबार भने सुचारु नै रहनेछ। 

आइतबार, १८ मंसिर २०७९, १२ : २१

प्रतिक्रिया