मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, कति प्रतिशत ?

सोमबार, १९ मंसिर २०७९, ११ : ४७

काठमाडौं- मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले  लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.६५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। मितेरीले घोषणा गरेको बोनस शेयर हालसम्मकै कम हो। गत आर्थिक वर्षमा बैंकले १३.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। 

मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सोमबार, १९ मंसिर २०७९, ११ : ४७

प्रतिक्रिया