नेपाल एसबिआई मर्चेन्टको साधारणसभा सम्पन्न

सोमबार, १९ मंसिर २०७९, १६ : १०

काठमाडौं- नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. को सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीको आ.ब. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो ।

साथै, आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
 

सोमबार, १९ मंसिर २०७९, १६ : १०

प्रतिक्रिया