आरएमडीसी लघुवित्तको २७.३६८४ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति प्रतिशत ?

मंगलबार, २० मंसिर २०७९, १३ : २६

काठमाडौं- आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको हिजो मंसिर १९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँको कुल २७.३६८४ प्रतिशतले हुन आउने ३३ करोड ९६ लाख ६० हजार २५८ रुपैयाँबराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ। 

मंगलबार, २० मंसिर २०७९, १३ : २६

प्रतिक्रिया