महालक्ष्मी लाइफद्धारा १० लाख ७५ हजार मृत्यु दाबी रकम भुक्तानी

मंगलबार, २० मंसिर २०७९, १४ : २४

काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको रुकुम पश्चिम शाखाले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । 

कम्पनीको रुकुम पश्चिम शाखा कार्यालय मुसीकोटले १० लाख ७५ हजार मृत्यु हक दाबी रकम भुक्तानी गरेको हो।

गाडी दुर्घटनामा परि मृत्यु भएका रुकुम पूर्व पथाउत्तरगंगा गाउँपालिका ८ का पूर्णबहादुर बुढाको श्रीमतीलाई १० लाख ७५ हजार मृत्यु दाबी रकम भुक्तानी गरिएको हो । 

असोज ६ गते काठमाडौंबाट रुकुम पूर्व आदै गरेको गाडी दर्घटनामा परि मृत्यु भएका बुढाकी श्रीमती सोनिया बुढालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

मंगलबार, २० मंसिर २०७९, १४ : २४

प्रतिक्रिया