प्रिमियर इन्स्योरेन्सद्धारा १ अर्ब ३४ करोड बढी बीमा दाबी बापतको रकम भुक्तानी

मंगलबार, २० मंसिर २०७९, १६ : ५९

काठमाडौं- प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ । 

कम्पनीले एन्डरिज हाइड्रो प्रा.लि. तथा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडलाई ‘इरेक्सन अल रिस्क’ बीमा भुक्तानी गरेको हो ।

उक्त जलविद्युत आयोजना निर्माण स्थल भोटेकोशी नदीमा अविरल वर्षा तथा बाढीले भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत कम्पनीले एक अर्ब ३४ करोड ७९ लाख ४६ हजार ८७१ रुपैयाँ भुक्तानी गरेको हो ।

मंगलबार, २० मंसिर २०७९, १६ : ५९

प्रतिक्रिया