गत साता बैंकहरुको निक्षेप संकलन साढे ११ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो ?

बुधबार, २१ मंसिर २०७९, ०७ : १५

काठमाडौं- गत साता बैंकहरुको निक्षेप संकलन साढे ११ अर्ब रुपैयाँले बढेको छ । 

मंसिर ९ गतेदेखि १६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४५ खर्ब ६२ अर्ब रुपैयाँबाट बढेर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।

यता कर्जा लगानी भने सो अवधीमा १ अर्ब मात्रै बढेको छ । मंसिर ९ गतेदेखि १६ गतेसम्ममा कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँबाट ४२ खर्ब २३ अर्ब रुपैयाँ मात्र पुगेको छ।
 

बुधबार, २१ मंसिर २०७९, ०७ : १५

प्रतिक्रिया