काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया