कृषि बिकास बैक दकम शाखाद्वार किसान कार्ड वितरण

विहीबार, २२ मंसिर २०७९, १० : ३४

काठमाडौँ /  कृषि बिकास बैक लिमिटेडको दकम शाखाले किसानलाई कार्ड वितरण गरेको छ । 


बुधबार झापाको कमल गाउँपालिका २ स्थित टंक आईपिएम कृषि फार्मको प्राङ्गणमा बैंकले कार्ड वितरण गरेको हो । किसान कार्डको माध्यम बाट बैकले तोकेको आधिकारिक ब्यापारी बाट कृषकले कृषी सम्बन्धिका सम्पुर्ण सामान खरिद गर्न सक्नेछन् भने आफु संग भएको रकम कार्डको माध्यम बाट सिधै रकम बैकमा जम्मा गर्न सक्ने छन् । यसकालागी सम्बन्धित कृषकको बैकमा खाता खालेको हुनु पर्ने छ भने खातामा बैकले तोकेको निश्चित रकम समेत हुनुपर्ने छ ।

कृषि विकास बैक १ नम्वर प्रदेशका निर्देशक रन्जन खनाल र दमक शाखाका प्रबन्धक पर्शुराम बुढाथोकीले संयुक्तरुपमा किसानलाई कार्ड वितरण गर्नु भएको हो ।
कार्डको माध्यम बाट किसानले बैकले तोकेको आकिकारिक विक्रेता मार्फत सहज तरिकाले आफुलाई आवश्यक पर्ने कृषि तथा पशुपालन सम्बन्धिका सामान खरिद गर्न र आफुले उत्पादन गरेको बस्तु बिक्रि गरे तुरुन्तै पैसा लिन सक्नेछन् । कार्ड लिनकालागी कृषकले कृषी विकास बैकमा खाता खोलेर कार्ड माग गर्न सक्नेछन् सामान खरिद तथा विक्रका साथै मौसम सम्बन्धिको जानकारी समेत कृषकले पाउने कृषि विकास बैक १ नम्वर प्रदेशका निर्देशक रन्जन खनालले बताउनु भयो ।


नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा किसानलाई किसान कार्ड वितरण गर्ने भनेर बजेटमै व्यवस्था गरे अनुसार कृषि विकास बैकले पहिलो पटक किसान कार्ड वितरण सुरु गरेको हो ।
यो कार्डले हामी जस्ता कृषकलाई धेरै फाईदा पुग्छ जस्तोलाग्छ मलाई । किनभने कृषकको गोजीमा जहिलै पैसा हुदैन तर कार्डको माध्यमले बैंकले तोकेको आधिकारिक पसल बाट कृषि र पशुपालन सम्बन्धिका सम्पुर्ण सामन खरिद गर्न सक्ने छौ । बैकले तोकेको आधिकारिक डिपो पनि गाउँमै भएकोले सामन खरिद गर्न बजार पुग्नु पर्ने समय र खर्च समेत बचत भएको कमल गाउँपालिका वडा नम्वर १ का कृषक भिष्म सुवेदीले बताउनु भयो ।


कार्ड पाएपछि हामिलाई धेरै फाईदा भएको छ । अब हामिलाई आवश्यक पर्ने कृषि सम्बन्धिका सम्पुर्ण समान आफ्नै गाउँमा पाईने भएको छ । सामान खरिद गर्न धाएर टाडाको बजार सम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ भने अर्को तर्फ आवश्यक परेको बेला खर्च गर्न र आफुसंग भएको बेला जम्मा गर्न समेत कार्डको माध्यम बाट सकिने भएकोले हामिजस्ता कृषककालागी कार्ड धेरै नै उपयोगी भएको कमल गाउँपालिका वडा नम्वर १ की कृषक देबीमाया पौडेलले बताउनु भयो । 


कृषि विकास बैक पहिलो पटक कमल गाउँपालिकाका ८३ जना लाई विकास कार्ड वितरण गरेको छ भने ईलामको चुलाचुली गाउँपालिकाका ५५ जनालाई कार्ड वितरणको अन्तिम तयारीमा पुगेको र बाँकी स्थानमा समेत क्रमस वितरण गर्दै जाने कृषि विकास बैक दमक शाखाका कर्जा शाखाका गोपाल कटुवालले बताउनु भयो ।


 

विहीबार, २२ मंसिर २०७९, १० : ३४

प्रतिक्रिया