काठमाडौं- सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ ।
कम्पनीको शाखा कार्यालय बिरगंजले १४ लाख रुपैयाँ बीमा दाबी बापतको रकम भुक्तानी गरेको हो ।
आयोजित श्रद्धाञ्जली तथा घरदैलो मृत्यु दावी भुक्तानी कार्यक्रममा बौद्धीमाई ०२ रौतहट ईनर्वा निवासी स्वर्गिय राम प्रसाद पटेलको पत्नी कलपना देबीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा बिरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसादको रोहवरमा सोही वडाका वडा अध्यक्षले सो चेक हस्तान्तरण गरेका हुन् । स्वर्गिय राम प्रसादको बैदेशिक रोजगारी गएको बेला बिदेशमा करेन्ट लागेर मृत्यु भएकोले बैदेशिक रोजगारी म्यादी जीवन बिमा वापतको रकम बाराबरको चेक हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया