सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा रकम भुक्तानी गरेको छ ।
कम्पनीको तम्घास शाखाले (प्यारालाइसिस) घातक रोग बापत पाँच लाख उपचार खर्च दिएको छ ।
प्युठान गौमुखी गाउँपालिका वडा नम्बर २ घर भएका नरजित राना मगरले ३ हजार ७ सय ८ रुपैयाँ बराबरको बीमा गरेका थिए । उनी वैदेशिक रोजगारको सिलसिलामा साउदी अरवियामा काम गर्दै गर्दा उनलाई प्यारालाइसीस भई नेपाल फर्केका थिए । हाल उपचारकै क्रममा रहेका उनलाई सिटिजन लाइफले कर कट्टा गरी जम्मा ४ लाख ७५ हजार १८५ रुपैयाँ प्रदान गरेको छ ।
नरजितले भने ‘मलाई थाहा पनि थिएन पछि फाइल हेर्दा देखे बुझाएको पैसा मात्र पाइन्छ भन्दै
प्रतिक्रिया