बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारी माग, आवेदन दिने समय कहिलेसम्म ?

शुक्रबार, २३ मंसिर २०७९, ११ : ०१

काठमाडौं- नेपाल बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

प्राधिकरणले आज एक सूचना जारी गर्दै सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ३६ जना कर्मचारी भर्ना गर्न लागेको छ।

प्राधिकरणले सहायक प्रथममा १० जना तथा प्रशासन कानुन, चार्टर्ड अकाउन्टेन्ट र सूचना प्रविधितर्फ सहायक निर्देशक पदमा क्रमशः १५ जना, २ जना, ३ जना र १ जना कर्मचारी पदपूर्ति गर्ने भएको छ। 

यसैगरी प्रशासन, चार्टर्ड अकाउन्टेन्ट र सूचना प्रविधितर्फ उपनिर्देशक पदमा क्रमशः ३ जना, १ जना र १ जना कर्मचारी भर्ना गर्न प्राधिकरणले दरखास्त आह्वान गरेको छ। 

इच्छुक उम्मेदवारले आउँदो पुस २४ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दरखास्त अनलाइनबाट दिनुपर्नेछ।

 

शुक्रबार, २३ मंसिर २०७९, ११ : ०१

प्रतिक्रिया