इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च

१ बर्ष अगाडि

इभी नेपाल मोटर्सले काठमाडौंको नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । 

इभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल विलिङ मोटर्स अन्तर्गत पीटी एसजीएमडब्लु मोटर इन्डोनेसियाको लागि उक्त शोरुम सञ्चालनमा ल्याउनुका साथै इन्डोनेसियामा निर्मित ४ सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको विलिङ एयर इभी कार लन्च गरेको छ । यी इलेक्ट्रिक गाडी बिभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेका कम्पनीले जानकारी दिएको छ ।

कुल २००र३०० किलोमिटर माइलेज रहेको ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा  रहेको संसारकै बढी बिक्रिमा परेको विलिङ इभी टेस्लापछि दोस्रो नम्बरमा रहेको बताइएको छ । अब नेपालभरी नै इभी नेपाल मोटर्स (बज्र ग्रुप)ले डिलर सञ्जाल बढाएर बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडी ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया